विराटनगर–मोरङको उर्लाबारीकी एक बालिकाको दुर्घटनामा परेर निधन भएको छ।
शनिबार को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उर्लाबारी नगरपालिका ८ की ७ वर्षीया अदीति ओझाको ज्यान गएको हो
उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा दिउँसो साढे ३ बजे बजेतिर ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा साँझ साढे ७ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए।
मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि दुर्घटनामा सामान्य घाइते भएका छन्।
अग्रवालको उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको छ। घटनाको अनुसन्धानका लागि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।