आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुर महानगरपालिकाले दियो कात्तिक नाच संरक्षण समितिलाई ५० लाख

ललितपुर महानगरपालिकाले दियो कात्तिक नाच संरक्षण समितिलाई ५० लाख

ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

ललितपुर– ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको छ। 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा नगर प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन दिएपनि यस वर्ष भने ५० लाख दिन सफल भएको बताए। उनले भने, ‘विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्नेछ।’

यसैगरी वडा नं २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा नं २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच’ संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको उनले जानकारी गराए।  

समितिका अध्यक्ष चित्रकारले सो नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको धारणा राखे। 

उनले भने, ‘यसअघि हामीलाई कोष स्थापनाका लागि पहिलोपटक वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाख सहयोग गरिसक्नुभयो।’ त्यसैगरी अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा रहेको उनले बताए। 

हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नाच मञ्चन गर्ने गरिन्छ। सो नाच ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने एक माध्यम बनिरहेको छ। 

प्रकाशित: Jan 10, 2021| 01:58 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।