बिहीबार, फागुन २८, २०८२

सिंगो पाकिस्तानमा अचानक विद्युत सेवा अवरुद्ध

शनिवार मध्य रातमा पाकिस्तानमा अचानक विद्युत सेवा अवरुद्ध भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७


काठमाडौं- शनिवार मध्य रातमा पाकिस्तानमा अचानक विद्युत सेवा अवरुद्ध भएको छ। 

National life

उर्जा मन्त्रालयले ट्वीटमार्फत पावर ट्रान्समिशन सिस्टमको फ्रिक्वेन्सी अचानक ५० देखि ० गिरावटका कारण देशव्यापी ब्ल्याकआउट भएको जनाएको छ। मन्त्रालयका अनुसार यो प्राविधिक गडबडी राति ११ बजेर ४१ मिनेटमा भएको हो।  

मन्त्रालयले यसको कारण पत्ता लगाउने प्रयास भइरहेको पनि ट्वीटमार्फत जानकारी गराएको छ।

मन्त्रालयले संयमित हुन अपिल समेत गरेको छ। स्थानीय वासिन्दाका अनुसार अचानक पाकिस्तानको कराँची, इस्लामाबाद, लाहोर, पेशावर, रावलपिण्डीलगायतका सबै प्रमुख शहरमा विद्युत अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ।  

प्रकाशित: Jan 10, 2021| 00:10 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।