आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आगामी चैतसम्म आय कर र कम्पनी अद्यावधिक गर्ने म्याद थप्नुपर्ने परिसंघको माग

आगामी चैतसम्म आय कर र कम्पनी अद्यावधिक गर्ने म्याद थप्नुपर्ने परिसंघको माग

विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आज पनि कतिपय उद्योग खुल्ने अवस्थामा नरहेको र खुलेका उद्योग पनि गति लिइरहेको अवस्थामा भएकाले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत सम्म थप्नुपर्ने माग गरिएको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आज पनि कतिपय उद्योग खुल्ने अवस्थामा नरहेको र खुलेका उद्योग पनि गति लिइरहेको अवस्थामा भएकाले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत सम्म थप्नुपर्ने माग गरिएको छ। 

नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउन र कम्पनी अद्यावधिक गर्न आउँदो चैतसम्म सरकारले समय सीमा तोक्नुपर्ने माग गरेको हो।  

विगतका वर्षमा सरकारले तोकेकै समयमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाएको र कम्पनी अद्यावधिक गराएको स्मरण गराउँदै परिसंघले भनेको छ, ुआर्थिक वर्ष ०७६र०७७ देखिनै कोरोनाका कारण उद्योग व्यवसायहरु प्रभावित भए। आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने अवस्था भएन, अझै सबै उद्योग, कम्पनीहरु पूर्ण रुपमा खुलेको अवस्था छैन। म्याद थप गर्नुको विकल्प छैन।ु 

कति उद्योग व्यवसाय सञ्चालनमा अझै नआएको र कतिपय उद्योगी व्यवसायीले लेखा परीक्षण गराउनै नसकेकाले म्याद थप गर्न परिसंघले सरकारलाई अपिल गरेको हो।  

अहिले नै विवरण बुझाउने र अद्यावधिक गर्ने परिस्थिति नभएकाले थप शुल्क तथा जरिवान तिर्नु पर्ने अवस्थाको अन्त्य गर्न समयमै म्याद थप गरी समस्याको समाधान गर्न परिसंघले सरकारसँग माग गरेको छ।  

प्रकाशित: Jan 09, 2021| 23:44 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।