राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आज भएको आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ।
स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उनको गाईगोठ पूर्ण रुपमा जलेको छ।
अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक/एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत रु १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ।
यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो।
सो टोलमा गत पुस ११ गते सोनाई सुतिहार तथा महावीर साहको घरमा आगलगी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो। रासस