एजेन्सी- इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको यात्रु विमान बेपत्ता भएको छ। विमानमा ६२ जना यात्रु थिए।
अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेस्ट कलिमनतन प्रान्ततर्फ जाँदै गर्दा सम्पर्क विच्छेद भएको हो। त्यसपछि विमान बेपत्ता भएको छ।
फ्लाईट ट्रेकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार यो विमान एक मिनेटभित्र १० हजार फुट तल झरेको थियो।
त्यहाँको यातायात मन्त्रालयले बेपत्ता विमानको खोजी र उद्धारका लागि टोली परिचालन गरिसकेको जनाएको छ।
अधिकारीहरुका अनुसार हराएको विमानको समुद्रमा खोजी भइरहेको छ। एक स्थानमा जहाजको अवशेष भेटिएको भन्ने अपुष्ट जानकारीहरु प्राप्त भएपछि त्यस क्षेत्रतर्फ खोजी कार्य बढाइएको छ।
अक्टोबर २०१८ मा इन्डोनेसियामा लायन एयरको जहाज दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो। विमान समुद्रमा दुर्घटनाग्रस्त भएको थियो।