काठमाडौं- पत्नी सीता दाहालको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन्।
शनिबार दिउँसो ४ बजे दाहाल दिल्ली हुँदै काठमाडौं फर्किएका हुन्।
गत सोमबार पत्नीको उपचारका लागि दाहाल मुम्बई पुगेका थिए। दाहाल मुम्बईवाट शुक्रबार बेलुका दिल्ली पुगेका थिए।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दिउँसो ४ बजे अध्यक्ष काठमाडौ आइपुगेको जानकारी दिए। उनका अनुसार दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ।
दाहालकी छोरीद्वय रेणु दाहाल, गंगा दाहाल र ज्वाइँ जीवन आचार्य मुम्बईमै छन्।