आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको प्रश्न- सडकबाट फैसला दिने हो कि संवैधानिक इजलासबाट ? 

प्रधानमन्त्रीको प्रश्न- सडकबाट फैसला दिने हो कि संवैधानिक इजलासबाट ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई कतैबाट पनि गलत ढंगले प्रभावमा पार्न नहुने बताए। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई कतैबाट पनि गलत ढंगले प्रभावमा पार्न नहुने बताएका छन्। 

काठमाडौंमा आयोजित ओली समूहको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतमा बसिसकेका मान्छेहरूले अदालतलाई गलत ढंगले अल्मल्याउने धम्क्याउने र प्रभावमा पार्ने काम गर्न नहुने बताएका हुन्। 

‘एकपल्ट अदालतमा जागिर खाएको भरमा अदालतलाई प्रभावित पार्ने काम गर्नु हुँदैन,’ उनले प्रश्न गरे, ‘सडकबाट फैसला दिने हो कि संवैधानिक इजलासबाट ?’ 

उनले स्वतन्त्र न्यायालयलाई स्वतन्त्ररूपमा फैसला गर्न दिनुपर्ने बताएका छन्। 

शुक्रबार चारजना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको बताएका थिए।

प्रकाशित: Jan 09, 2021| 12:01 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।