आइतबार, भदौ २१, २०८३

ओलीमा दुर्योधनको चरित्र हाबी : नेता नेपाल

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा महाभारतको दुर्योधन पात्रको चरित्र हाबी भएको आरोप लगाएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

जनकपुरधाम- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा महाभारतको दुर्योधन पात्रको चरित्र हाबी भएको आरोप लगाएका छन्।

उनले प्रधानमन्त्री ओलीलाई दुर्योधनको संज्ञा दिँदै पार्टी नास गर्ने ओली नै रहेको आरोप लगाए। 

उनले भने, ‘केपी ओली दुर्योधन जस्तै हुन्। युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि वंशकै नाश हुन्छ। केपी ओली भस्मासुर प्रवृति हो, कहिले कसलाई भस्म गर्छन् थाहा छैन।’

शनिबार सिरहामा जय गोविन्द साहको ३१ औँ स्मृतिसभामा बोल्दै अध्यक्ष नेपालले ओलीलाई सुधार्नका लागि जति प्रयास गरे पनि सबै प्रयासहरु असफल साबित भएको बताए। 

प्रधानमन्त्री ओलीबाट समाजवाद आउन नसक्ने दाबी नेपालले गरे। ओली पूँजीवादीको बाटोमा हिँडिरहेको भन्दै उनले कम्युनिष्ट आन्दोलन बिर्सिएको आरोप लगाए। 

उनले भने, ‘डोनाल्ड ट्रम्पले चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजे, उनीमाथि महाअभियोग लाग्ने भयो त्यस्तै ओली संसद विघटन गरेका छन्, संसद विघटन गरेपछि उनी पनि कामचलाउ सरकारको मुखिया हो। कुन दिन उनी झर्छन् कसैलाई थाहा छैन।’

असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकेलेको ओली झुट, अहंकार, घमण्डको दोस्रो नाम रहेको बताए। केपी ओली पार्टीको नेता हुने लायक नरहेको जिकिर गर्दै नेता नेपालले देशलाई अगाडि बढाउन समझदार व्यक्तिको आवश्यकता रहेकोले ओलीको पछाडि नलाग्न आग्रह गरे।

प्रकाशित: Jan 09, 2021| 11:40 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।