काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले अराजकताविरुद्ध साइबर सेना परिचालन गर्ने बताएका छन्।
आज काठमाडौंमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दाहाल-नेपाल समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन भनेका हुन्।
‘हाम्रो सम्पत्तिमा आँखा नलगाउनुस्, हामीलाई यो सह्य हुँदैन,’ उनले भने, ‘यस्ता अराजकताविरुद्ध साइबर सेना परिचालन हुन्छ।’
यस्तै उनले जनतामा जाने कुरा प्रतिगमन नभएको भन्दै चुनाव हारिन्छ भन्नेहरू निर्वाचनको डर मानिरहेकाे बताएका छन्।