काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धतुरो रोपेर सुन्तला फल्ने भ्रम बाँडेको कम्युनिस्टको असली चरित्र जनताले देखेको बताएका छन्।
मकवानपुर क्षेत्र न १ प्रदेश सभा (ख) ले संसद् विघटनको आयोजनामा गरेको कार्यक्रममा बोल्दै केसीले जनता कोरोनाको त्रासमा रहेकोबेला कम्युनिष्ट नेताहरु भ्रामक कुरा गर्दै कार्यकर्ता हँसाएर हिँडेको बताए।
उनले लोकतन्त्र इतिहासकै कठिन मोडमा रहेको बताउँदै लोकतन्त्र रक्षाका लागि कांग्रेस जस्तोसुकै बलिदानीका लागि तयार रहेको बताए।