मंगलबार, असार २३, २०८३

शाहिद अफ्रिदी रहेको टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने

आगामी असोज ८ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको फ्रेन्चाइज क्लब काठमाडौं किंग्स ११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– आगामी असोज ८ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको फ्रेन्चाइज क्लब काठमाडौं किंग्स ११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्।

सन्दीपको २१ औं जन्मदिनको अवसर पारेर सोमबार काठमाडौंले उनलाई कप्तानी उपहार दिएको हो। सन्दीपसँगै काठमाडौंमा कप्तानीको दाबेदारमा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि थिए। यसअघि कप्तान सोमपाल कामीलाई चितवन टाइगर्सलाई बेचेपछि उक्त पद खाली थियो। 

सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती २ खेल खेलेका थिए। त्यसपछि बिग ब्यास लिगका कारण दुई खेलपछि अष्ट्रेलिया लागेका थिए। त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन्। फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गरेका थिए। 

काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ। काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन्। 

चौथो संस्करणको इपिएल आगामी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ।

प्रकाशित: Aug 02, 2021| 17:43 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।