मंगलबार, साउन १९, २०८३

सिम्याटको आवेदन फारम खुल्यो, फागुन १ मा प्रवेश परीक्षा 

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको प्रवेश परीक्षा सिम्याटको आवेदन फारम खुलाएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको प्रवेश परीक्षा सिम्याटको आवेदन फारम खुलाएको छ।

विद्यार्थीले व्यवस्थापन संकायअन्तर्गत बीबीए, बीएचम, बीआईएम, बीपीए, बीटीटीएम, बीएमएस विषयको आवेदन फारम माघ २३ गतेसम्म भरिसक्न त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले सूचना जारी गरेको हो।

परीक्षा फागुन १ गते बिहान ८ बजेदेखि सञ्चालन हुने छ। फारम भर्न विद्यार्थीले कक्षा १२ मा १.८ सीजीपीए र प्रत्येक विषयमा डि प्लस ग्रेड ल्याएको हुनुपर्ने छ।
 

 

प्रकाशित: Jan 08, 2021| 12:21 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्