मंगलबार, साउन १९, २०८३

दुई करोड छात्रवृत्ति प्रदान गरिने भर्चुअल शैक्षिक मेला सुरु 

दोस्रो भर्चुअल शैक्षिक मेला, २०२१ शुक्रबारदेखि सुरु भएको छ। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– दोस्रो भर्चुअल शैक्षिक मेला, २०२१ शुक्रबारदेखि सुरु भएको छ। 

आज, २४ पुसबाट १० माघसम्म सञ्चालन हुने मेलामार्फत दुई करोड रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको हो। 

मेलामा देशभरका एक सयभन्दा बढी कलेजको सहभागिता रहने छ। 

मेला कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गरिएको हो। 

मेलामार्फत विद्यार्थीले विश्वविद्यालय शिक्षाका लागि परामर्श पाउनुको साथै कलेज छनोट गर्ने अवसर पनि पाउने छन्। 

विद्यार्थीले भर्चुअल माध्यमबाटै कक्षाकोठा, ल्याब, लाइबे्ररीको अवलोकन गर्नुको साथै कलेजले उपलब्ध गराउने सेवा सुविधाबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ। 

भर्चुअल मेलाको उद्घाटन गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश शिलवालले मेलामा विद्यार्थीले घरबाटै देशभरका कलेज अवलोकन गर्न पाउने बताए। 

उनले भने, ‘भौतिक रुपमा कलेज सञ्चालन भइनसकेको अवस्थामा यो मेलाले विद्यार्थी एवं अभिभावकलाई सहजता प्रदान गर्ने छ।’
भर्चुअल मेला कलेज रिडर्स म्याग्जिन र हिसानको सहकार्यमा सञ्चालन गरिएको हो।

 


 

प्रकाशित: Jan 08, 2021| 11:41 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्