शुक्रबार, भदौ ५, २०८३

सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठक शक्ति बाँडफाँटका विषयमा केन्द्रित हुनेछ। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। 

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति जुटेको छैन। सोही कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। आजको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाउने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बुझिएको छ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस महामन्त्री तथा गठबन्धनले बनाएको कार्यदलका संयोजक पूर्णबहादुर खड्का उपस्थित छन्।

प्रकाशित: Aug 02, 2021| 17:20 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...