बिहीबार, फागुन २८, २०८२

जो बाइडेनको जितलाई संसदद्वारा आधिकारिकता प्रदान

अमेरिकी संसदले राष्ट्रपतीय चुनावमा जो बाइडेनले प्राप्त गरेको विजयलाई आधिकारिकता प्रदान गरेको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

एजेन्सी- अमेरिकी संसदले राष्ट्रपतीय चुनावमा जो बाइडेनले प्राप्त गरेको विजयलाई आधिकारिकता प्रदान गरेको छ।

National life

पेनसिलभेनिया र एरिजोनामा मतगणनाको विषयलाई लिएर भएको आशंका अमेरिकाका दुबै सदनले खारेज गरिदिएका छन्।

योसँगै राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले आधिकारिकता प्राप्त गरेको हो।

बाइडेनलाई ३०६ इलेक्टोरल कलेज प्राप्त भएको छ। उनलाई जितका लागि २७० मतको आवश्यकता थियो।

अमेरिकी चुनावको नतिजा पुष्टि संसदबाट हुन्छ। यही पुष्टि गर्न बसेको हिजोको संसद बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरुले हिंस्रक आक्रमण गरेका थिए।

Laxmi sunrise bank
kumari

उनीहरुमाथि प्रहरीले कारबाही चलाएको छ। झडपका क्रममा चार जनाको मृत्यु भएको छ। राजधानी वासिंटन डिसीमा १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ।

प्रकाशित: Jan 07, 2021| 09:45 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।