बिहीबार, फागुन २८, २०८२

२०७ वर्षअघि पनि भएको थियो अमेरिकी संसद्‌मा आक्रमण

आक्रमणपछि राष्ट्रपति जेम्स म्याडिसन, उनका सैन्य अधिकारी र सरकारी अधिकारीहरु फरार भएका थिए।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– अमेरिकी संसद्‌मा बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ। 

National life

हालैको राष्ट्रपति निर्वाचनमा पराजित भएका ट्रम्पका हतियारधारी समर्थकहरुले अमेरिकी संसद् भवनमा आक्रमण गरेका हुन्।

संसद् सदस्यहरुले गत नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला प्रदर्शन तथा आक्रमण भएको हो।

आक्रमणका क्रममा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

यसअघि झन्डै २०७ वर्षअघि पनि अमेरिकी संसदमा आक्रमण भएको थियो। सन् १८१२ को युद्धमा अमेरिकालाई पराजित गरेपछि सन् १८१४ अगस्ट २४ मा एडमिरल सर अलेक्जेन्डर ककबर्न र मेजर जनरल रोबर्ड रसको नेतृत्वमा आएको बेलायती सैन्य टोलीले अमेरिकी संसद्लगायत सरकारी भवनहरुमा आगजनी गरेको थियो।

Laxmi sunrise bank
kumari

अमेरिकी संसदको आधिकारिक वेबसाइटका अनुसार अमेरिकी सेनाले अपर क्यानडाको पोर्ड डोभरमा गरेको आक्रमणको प्रतिशोधमा बेलायती सेनाले उक्त आक्रमण गरेको हो। आक्रमणपछि राष्ट्रपति जेम्स म्याडिसन, उनका सैन्य अधिकारी र सरकारी अधिकारीहरु फरार भएका थिए। पछि उनीहरु मोन्टगोमेरी काउन्टीको ब्रुकेभेलामा शरणमा बसेको पाइएको थियो।

त्यस समय क्यानडा भने स्वतन्त्र देशको रुपमा स्थापित भइसकेको थिएन। उक्त क्षेत्र बेलायती उपनिवेश थियो।

प्रकाशित: Jan 07, 2021| 05:03 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।