एजेन्सी- विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको टोलीले चीनले प्रवेशमा रोक लगाएको छ।
कोरोना भाइरसको संकटपछि वुहानको अवस्था बुझ्न गएको डब्ल्युएचअको टोलीले चीनले प्रवेश गर्न नदिएको हो। उक्त टोली वुहान जानेबारे गत डिसेम्बर महिनामै सहमति भइसकेको थियो।
डब्ल्युएचको टोलीमा रहेकामध्ये २ जना प्रवेश गरेको, एकजनालाई चीनले फर्काइदिएको र एकजना जानेक्रममै रहेको बताइएको छ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले चीनले डब्ल्युएचओका अधिकारीलाई भिसा नदिएको भन्दै यो ‘निकै दुःखद’ घटना भएको बताएका छन्।
उनले चीनले वुहानमा कोरोनापछिको अवस्थाबारे अध्ययनका लागि जान लागेको टोलीका सदस्यलाई भिषा प्राप्त नभएको बताए। साथै उनले भिषा प्राप्त हुने र टोली प्रस्थान गर्ने कुरामा आशावादी रहेकोसमेत बताएका छन्।
उनले यो अध्ययन डब्ल्युएचओका लागि र अन्तर्राष्ट्रिय जगतका लागि निकै महत्वपूर्ण रहेको बताउँदै भिसाका लागि चीनका एक उच्च अधिकारीसँग छलफल भइरहेको पनि बताएका छन्।
सन् २०१९ को अन्तिममा चीनको वुहानमा कोरोना पहिलो पटक पत्ता लागेको थियो। वुहानमा रहेको एक मासु बजारबाट कोरोना फैलिएको आशंका गरिन्छ।
त्यहाँबाट विश्वभर फैलिएको कोरोनाका कारण हालसम्म करोडौँ मानिस संक्रमित भइसकेका छन् भने लाखौँको मृत्यु भइसकेको छ।
चीनले भने कोरोनाविरुद्धको लडाईँ लगभग जितिसकेको छ।