आइतबार, वैशाख २७, २०८३

भारतमा कोरोनाविरुद्धको खोप आगामी साताबाट लगाइँदै

भारतमा जुलाईसम्ममा ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य छ। यसलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानसमेत भनिएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

नयाँ दिल्ली– भारतमा आगामी साताबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। 

National life

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आगामी साताबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी पूरा भएको जनाएको छ। 

भारतमा जुलाईसम्ममा ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य छ। यसलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानसमेत भनिएको छ। 

स्वास्थ्य सचिव राजेश भूषणका अनुसार औषधि नियामकबाट आपत्कालीन प्रयोगको स्वीकृति पाएको १० दिनभित्र खोप लगाउन सुरु गरिनेछ। 

भारतीय औषधि नियामकले जनवरी ३ मा कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोगको अनुमति दिएको थियो। 

समाचार एजेन्जी रोयटर्सको रिपोर्टअनुसार खोप भण्डारणका लागि सरकारले देशभरमा करिब २९ हजार कोल्ड स्टोर तयार गरेको छ। 

देशका १२५ जिल्लामा खोप लगाउनुपूर्व अभ्यास गरिसकिएको सचिव भूषणले बताए। 
उनले भनेका छन्, ‘खोप लगाउने विषयमा भारत सरकारको अन्तिम निर्णय आउन बाँकी छ।’

भारतीय औषधि नियामकले दुई खोपलाई आपत्कालीन प्रयोगको अनुमति थिएको छ। अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनले विकसित गरेको कोभिसिल्डको उत्पादन पुणेको रिसम इन्स्टिच्युट फ इन्डियाले गरेको छ। 

यस्तै हैदरावादको कम्पनी भारत बायोटेकले कोभ्याक्सिन उत्पादन गरिरहेको छ। जसलाई कम्पनीले आईसीएमआरसँग मिलेर बताएको हो। 

‘खोप निर्यातमा भारत सरकारले कुनै प्रकारको प्रतिबन्ध लगाएको छैन,’ भूषणले भनेका छन्। 
भारत विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता देशमध्ये एक हो। यद्यपि भारतले हालसम्म भारत बायोटेक र सिरम इन्स्टिच्युट अफ इन्डियासँग खोप खरिद सम्झौता भने गरिसकेको छैन।

भारत सरकारको योजनाअनुसार भ्याक्सिन निर्माताबाट खरिद गरी करना, मुम्बई, चेन्नई र कोलकाताका कोल्ड स्टोरमा लगिनेछ। 
त्यहाँबाट ३७ राज्यले सञ्चालन गरेका भण्डारमा पठाइनेछ। 

कोरोना भाइरसको भ्याक्सिन सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई दिइनेछ। बीबीसी हिन्दीबाट

प्रकाशित: Jan 06, 2021| 07:24 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।