आइतबार, वैशाख ७, २०८२

सुजिता हत्या प्रकरण : छोरी हत्यामा बाबुकै संलग्नता!

सुजिताको हत्यामा बाबु पाण्डेयको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। सुजिताका बुबा कामेश्वर, देवर रूपेश ठाकुर, सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ।
 |  सोमबार, साउन १८, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, साउन १८, २०७८

vianetvianet

जनकपुरधाम- महोत्तरीकी सुजिता ठाकुरको हत्यामा उनकै बाबुको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सुजिता हत्यामा उनकै बुबा कामेश्वरको संलग्नता देखिएको आरोपमा पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ। 

triton college

सुजिताको हत्यामा बाबु पाण्डेयको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। सुजिताका बुबा कामेश्वर, देवर रूपेश ठाकुर, सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ। 

‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने। सुजिता पटकपटक बाहिर जाने विषयलाई उनको घर र बाबुले प्रतिष्ठाको विषय बनाएको र यसै कारण हत्या गरिएको आचार्यको भनाइ छ। 'प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ,’ उनले भने। 

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरू (सुजिताको घर पक्ष र बाबु)लाई मन परेको थिएन। त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको देखिएको छ,’ प्रहरी उपरीक्षक आचार्यले भने, ‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ। यसले अनुसन्धालाई केही जटिल बनाएको छ। तर हामी छिट्टै यसको निष्कर्षमा पुग्छौँ। धेरै कुराहरू खुलिसकेका छन्।’

सुजिता पटकपटक बाहिर जाने विषयलाई उनको घर र बाबुले प्रतिष्ठाको विषय बनाएको र यसै कारण हत्या गरिएको आचार्यको भनाइ छ। 'प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ,’ उनले भने। 

सुजिताको हत्या भइसकेपछि घटना लुकाउनका लागि बाबु कामेश्वरले पैसाको बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ। यसैगरी सुजिताकी नन्द अञ्जु र प्रमोदले शव लुकाउन मद्दत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

National life insurance

गत जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन्। तर उनको खोजी भएन। यसपछि वैदेशिक रोजगारीमा साउदी रहेका सुजिताका भाइ जितेन्द्र पाण्डेयले सामाजिक सञ्जालमार्फत् दिदी सुजिताको घर पक्षले नै हत्या गरेको आरोप लगाएका थिए। 

घटनाको रहस्य बाहिर ल्याउन र दोषीलाई पक्राउ गर्न प्रहरीमाथि दबाब बढदै गएपछि प्रदेश २ प्रहरी र जिल्ला प्रहरी महोत्तरीको संयुक्त टोलीको अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको एक महिनापछि मात्रै शौचालयको होजमुनि गाडिएको अवस्थामा सुजिताको शव फेला परेको थियो। 

प्रकाशित: Aug 02, 2021| 17:35 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।