बिहीबार, असोज ३, २०८१

कर्णाली : प्रदेश सरकार सुरक्षित, ओली समूहलाई धक्का 

प्रदेश सांसद पदमबहादुर रोकाया, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूह परित्याग गरेसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका हुन्। 
 |  मंगलबार, पुस २१, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, पुस २१, २०७७

सुर्खेत– नेकपा राजनीतिक रुपमा विभाजित भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुरक्षित बनेका छन्। उनले यसअघि नै अविश्वासको प्रस्तावको सामना गरेका थिए। 

triton college

प्रदेश सांसद पदमबहादुर रोकाया, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूह परित्याग गरेसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका हुन्। 

केही समयअघि ओली समूह त्याग्ने तयारी गरेका मन्त्री बुढाले मंगलबार मात्रै दाहाल–नेपाल समूहमा खुलेका छन्। 

ओली समूहका दुई मन्त्री र एक सांसदलाई आफ्नो खेमामा तानेपछि कर्णाली प्रदेश सरकार पूर्ण सुरक्षित बनेको छ। 

अब प्रदेशसभामा मुख्यमन्त्री शाहीको पक्षमा पूर्ण बहुमत जुटेको छ। उनी दाहाल–नेपाल समूहका हुन्। 

Metro Mart
vianet

राजनीतिक रुपमा नेकपा विभाजनपछि कर्णालीमा पनि सत्ता समीकरण बदलिने आँकलन गरिएको थियो। 

पूर्वमाओवादीका सांसदहरु ठम्मर विष्ट र धर्मराज रेग्मी ओली समूहमा प्रवेश गरेपछि प्रदेश सरकार अल्पमतमा थियो। त्यसपछि सरकार ढल्ने अड्कलबाजी भइरहेका थिए। 

कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ जना सांसदमध्ये दाहाल–नेपाल समूहमा २२ जना र ओली समूहमा सभामुख राजबहादुर शाहीसहित ११ जना सांसद छन्। 

कुल ४० सदस्यीय प्रदेशसभामा २१ जना सांसदको समर्थन भए मात्र सरकार सुरक्षित हुन्छ।

यद्यपि यसअघि गत असोजमा मन्त्री बन्ने सर्तमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने नेपाल समूहका सांसदले चाल्ने कदमले प्रदेश सरकारको आयु निर्धारण गर्नेछ। 

असोज २५ गते मुख्यमन्त्रीविरुद्ध नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका थिए। 

केही नेतालाई मन्त्री र अन्य लाभदायी पद दिने सर्तमा आठ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए।

कर्णालीमा ओली पक्षलाई धक्का

प्रदेश सरकारमा मात्रै होइन, प्रदेशभर ओली समूहलाई धक्का लागेको छ। पूर्वएमालेबाट सांसद बनेका प्रदेशसभा सदस्य पदमबहादुर रोकायले ओली समूह परित्याग गरेसँगै जुम्लामा ओली समूह शुन्यजस्तै भएको हो। 

सांसद रोकायाले गुट परिवर्तन गरेसँगै अब जुम्लामा दाहाल–नेपाल समूहको वर्चस्व भएको छ। 

त्यहाँ विघटित प्रतिनिधिसभाका सांसद गजेन्द्र महत, जिल्ला अध्यक्ष वीरबहादुर कुँवर र सचिव तीर्थबहादुर बुढा, केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी लगायतका नेताहरु दाहाल–नेपाल समूहमा छन्।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री एवम् नेकपा हुम्लाका पार्टी सचिव दल रावल दाहाल–नेपाल समूहमा प्रवेश गरेसँगै हुम्लामा ओली समूह कमजोर बनेको छ। 

दाहाल–नेपाल समूहमा दर्जन नेताहरु हुँदा ओली समूहमा सीमित नेतामात्रै देखिएका छन्। 

हुम्लामा ओली समूहतर्फ नेकपा कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी, उनकी पत्नी एवम् राष्ट्रिय सभा सदस्य कविता बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा, चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रूपा शाही  छन्।

मन्त्री रावलसँगै विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, नेकपाका हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्चार्ज विजय भण्डारी लगायत दाहाल–नेपाल समूहमा लागेका छन्। 

मन्त्री रावलले आफूसँगै दर्जन कार्यकर्तालाई पनि दाहाल–नेपाल समूहमा प्रवेश गराएका छन्।  त्यस्तै मन्त्री बुढाले ओली समूह परित्याग गरेपछि डोल्पामा भने दाहाल–नेपाल समूहलाई राहत मिलेको छ। 

दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सत्या पहाडी, प्रदेश सांसद वीरबहादुर शाही, जिल्ला अध्यक्ष दत्तबहादुर रोकाय छन्। 

ओली समूहमा संघीय सांसद धनबहादुर बुढा, प्रदेश सांसद पद्मीक्वारी बोहोरा, समूहमा केन्द्रीय सदस्य हंसबहादुर शाही र जिल्ला सचिव मालबहादुर रोकाया छन्।

प्रकाशित: Jan 05, 2021| 13:03 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।