आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : मुख्यमन्त्री स्वच्छता अभियान विवादित, पोखरी र फूलबारी अतिक्रमण

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश २ : मुख्यमन्त्री स्वच्छता अभियान विवादित, पोखरी र फूलबारी अतिक्रमण

अभियानकै नाउँमा ऐतिहासिक धरोहर तथा पोखरीको जग्गा अतिक्रमण हुन थालेको छ। यसको उदाहरण हो, जनकपुरधाम उपमहानगरपालिका–८ स्थित कपालमोचनी सर पोखरी।
 |  मंगलबार, पुस २१, २०७७
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, पुस २१, २०७७

जनकपुरधाम– प्रदेशलाई सफा र सुन्दर बनाउने उद्देश्यले प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम चलायो। 

triton college

ऐतिहासिक धरोहरको संरक्षण, संवर्धन, सौन्दर्यीकरण गर्न अभियानको सबैतिर प्रशंसा भयो। तर अभियान संरक्षणमा हैन, अतिक्रमणमा केन्द्रित हुन थालेपछि विवादित बनेको छ।

अभियानकै नाउँमा ऐतिहासिक धरोहर तथा पोखरीको जग्गा अतिक्रमण हुन थालेको छ। यसको उदाहरण हो, जनकपुरधाम उपमहानगरपालिका–८ स्थित कपालमोचनी सर पोखरी।

व्यक्तिलाई फाइदा हुने गरी पोखरीमै बाटो बनाइएको छ। पोखरीको डिलमा सीता देवीको नाउँमा जग्गा खरिद गरिएको छ। जग्गामा जाने बाटोको नक्सासमेत विवादित हुन पुगेको छ। 

उपमहानगरपालिका र जानकी मन्दिरसँग मिलेर पोखरीको जग्गामा बाटो कायम गराइएको भन्दै जग्गाधनी सीतादेवी यादव पक्षधरले जग्गासँगै टाँसिएर रहेको तेली कुटीको पर्खाल भत्काइदिए। त्यसपछि थप विवाद उत्पन्न भयो। 

Metro Mart
vianet

जानकी मन्दिरले बाटो कायम गर्न गल्ती गरेको स्वीकार गरेको छ। त्यसपछि मालपोत कार्यालयले गुठी संस्थानको सिफारिस नहुँदा नक्सामा लगत कट्टा नगरिएको र स्रेस्तामा दाखिला नभएको जवाफ दिएको थियो।  जानकी मन्दिर र मालपोतको जवाफपछि बाटो निर्माण कार्य रोकिएको थियो। 

सौन्दर्यका नाउँमा पोखरीलाई पुरेर व्यक्तिको निजी जग्गाको बाटो खुलाउने कार्य अगाडि बढाइएको तेली कुटीका सञ्चालक समितिका अध्यक्ष जगदीश साहले बताए।

वैश्य कल्याण महासंघका अमरनाथ गुप्ताले प्रदेश सरकारले सार्वजनिक पोखरी पुरेर अतिक्रमण गरेको आरोप लगाए। 

उनले भने, ‘मन्दिरले बाटोका लागि जग्गा नदिएपछि प्रदेश सरकारले एकतर्फबाट पोखरी पुर्न लगाएको छ भने अर्कोतर्फ पोखरीको क्षेत्रफल कमी हुन नदिन सार्वजनिक बाटो अतिक्रमण गरिएको छ।’

सौन्दर्यका नाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण गर्नु गलत रहेको उनको भनाइ छ। उनले भने, ‘संरक्षणका लागि हामी अदालतसम्म जानेछौं र आवश्यकता परे प्रदेश सरकारलाई समेत दबाब दिनेछौं।’

विश्वप्रसिद्ध जानकी मन्दिर प्रांगणमै रहेको फूलबारीको जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ। सडक विस्तारका नाउँमा जनकपुरधाम उपमहानगरपालिकाले व्यक्तिको निजी जग्गा बचाउन मन्दिरको जग्गा अतिक्रमण गरेको स्थानीयको आरोप छ।

फूलबारी जग्गा अतिक्रमणबारे नापी कार्यालय, नागरिक समाज, गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा कार्यदल गठन गरी नापी गरिएको थियो। 

कार्यदलले मन्दिरको चार धुरभन्दा बढी जग्गा अतिक्रमण भएको प्रतिवेदन बुझाएको छ। तर प्रतिवेदन बुझाएको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। त्यसैले दुई वर्षदेखि मन्दिरको फूलबारी अलपत्र छ। 

यसैबीच प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण कार्यक्रममा समावेश गरी विवादित जग्गामा पर्खाल लगाउन सुरु गरेको छ। नागारिक अगुवाले यसको विरोध गरेका छन्।

नागरिक अगुवा मुरलीमनोहर मिश्रले भने, ‘जानकी मन्दिरको फूलबारी जग्गा बचाउन हामी सुरुदेखि लागेका छौं।

उपमहानगरपालिकाले निजी जग्गा बचाउन कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गराउन नसकेपछि प्रदेश सरकार निजी जग्गा बचाउन अतिक्रमणकारीको मतियार बनेको छ।’

विवाद सामाधान नगरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी उनले दिए।

गुठी संस्थान कार्यालय धनुषाले समेत मन्दिरको जग्गा अतिक्रमण भयो भनेर जिल्ला प्रशासन कार्यालयलाई विगतमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मागसहित आइतबार पत्राचार गरेको छ।

स्वच्छता अभियानका संयोजक इन्जिनियर भगवान झाले कुनै अतिक्रमण नगरेको दाबी गरे।

उनले भने, ‘जानकी मन्दिरको पर्खाल भत्किँदा आवातजावतमा समस्या थियो। उपमहानगरपालिकाको अनुरोधमा पर्खाल बनाइरहेका छौं। प्रतिवेदन कार्यान्वयन उपमहानगरपालिकाले गर्ने हो, हामीले होइन।’

कपालमोचनी सरको जग्गा पनि प्रदेश सरकारले अतिक्रमण नगरेको दाबी उनको छ। उनले भने, ‘पोखरी सौन्दर्यीकरणका क्रममा केही भाग पुरिएको हो। यसबाट स्थानीयलाई नै फाइदा हुनेछ।’ 

प्रकाशित: Jan 05, 2021| 12:42 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।