बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा फेरि लकडाउन, जोन्सन भन्छन्- हामी संघर्षको अन्तिम चरणमा छौं

बेलायतमा फेरि लकडाउन, जोन्सन भन्छन्- हामी संघर्षको अन्तिम चरणमा छौं

 कोरोना भाइरस महामारी फेरि तीव्र रुपमा फैलिएपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

लन्डन- कोरोना भाइरस महामारी फेरि तीव्र रुपमा फैलिएपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ। 

National life

प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रुअरी मध्यसम्मका लागि देशव्यापी लकडाउन घोषणा गरेका हुन्। 

उनले नागरिकलाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न, नियमित व्यायाम गर्न र चिकित्सकको सल्लाहमा मात्र घरबाहिर निस्कन अपिल गरेका छन्।

बेलायतमा कोरोना भाइरसको नयाँ महामारीले भयानक रुप लिइरहेको बताइएको छ। यस्तै संक्रमण दर पनि बढ्न थालेको छ।

प्रधानमन्त्री जोन्सनले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै तीव्र रुपमा फैलिएको यो महामारीविरुद्धको लडाइँ निर्णायक मोडमा रहेको बताएका छन्। उनले भनेका छन्, ‘बेलायत संघर्षको अन्तिम चरणमा छ।’

Laxmi sunrise bank
kumari

लकडाउनका कारण विद्यालयलगायत सबै ठाउँ बन्द रहनेछन्। 

जोन्सनले भनेका छन्, ‘हाम्रा अस्पतालहरु कोरोना महामारीसँग जुध्नका लागि पहिलाभन्दा निकै दबाबमा छन्। त्यसैले कोरोना भाइरसको नयाँ रुपलाई नियन्त्रणमा राख्न सबै मिले सकेसम्म सबैथोक गर्न जरुरी छ। बेलायतमा राष्ट्रव्यापी लकडाउन हुनेछ। सरकार एकपटक फेरि तपाईंहरुलाई घरमै रहन निर्देशन दिन्छ।’

उनका अनुसार बेलायतमा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमितको संख्या २७ हजार पुगेको छ। 

उनले भनेका छन्, ‘हामीले इतिहासमै ठूलो र व्यापक खोप अभियान सञ्चालन गर्दै छौं। बेलायतमा पूरै युरोपको तुलनामा धेरै मानिसलाई खोप लगाइसकिएको छ।’

प्रधानमन्त्री जोन्सनले पूर्वनिर्धारित योजनाअनुसार खोप अभियान अघि बढेमा फेब्रुअरीसम्ममा प्राथमिकतामा रहेका मानिसलाई पहिलो चरणको खोप लगाइसकिने बताए। राेयटर्स

प्रकाशित: Jan 05, 2021| 06:35 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।