नयाँदिल्ली- उत्तर प्रदेशको गाजियाबादस्थित मसानघाटमा आइतबार भएको एउटा घटनामा २३ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा अधिकांश मलामीहरु छन्। घटनामा कम्तीमा १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मसानघाटको छानो भत्किँदा उनीहरु पुरिका थिए। उनीहरुको उद्धारमा लामो प्रयास गरिए पनि बचाउन नसकिएको अधिकारीहरुले बताएका छन्। पानी परिरहेकाले उनीहरु ओतमा लाग्दा दुर्घटनामा परेका थिए।
उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथले मृतकका परिवारलाई दुई लाख रपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
बीबीसी