काठमाडौं– दाहाल–नेपाल समूहको नेकपाले पार्टी एकताका बाँकी काम चाँडै टुंगो लगाउने निर्णय गरेको छ।
सो समूहको आइतबार पेरिसडाँडामा बसको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले एकताका बाँकी काम टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनका विभिन्न जिम्मेवारी विभाजन र पार्टी एकताको बाँकी काम टुंगो लगाउन कार्यदल गठन गरेको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले जानकारी दिए।
बैठकले यसअघि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमलाई पारित गरेको छ।
स्थायी कमिटी बैठक सोमबार १ बजे बस्नेछ।