आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतको नयाँदिल्ली नजिक मसानघाटमा छत खस्दा ४० बढी बेपत्ता

भारतको नयाँदिल्ली नजिक मसानघाटमा छत खस्दा ४० बढी बेपत्ता

भारतको नयाँदिल्ली नजिकै गाजियाबादमा एउटो ठूलो दुर्घटना भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

एजेन्सी- भारतको नयाँदिल्ली नजिकै गाजियाबादमा एउटो ठूलो दुर्घटना भएको छ।

National life

मुरादनगरस्थित एउटा मसान घाटमा ठूलो संख्यमा मानिसहरु जम्मा भएको समयमा एउटा छत खसेको हो। दुर्घटनामा झण्डै ४० जना छतले च्यापिएको अनुमान गरिएको छ।

दुर्घटनामा थुप्रै मानिसको मृत्यु भएको र घाइते भएको अनुमान गएिको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अधिकारीहरुका अनुसार मसानघाट नजिक पिल्लरहरुमा छत अडिएको थियो। केही समयदेखि जारी निरन्तरको वर्षाका कारण छत खसेको छ।

दुर्घटनामा परेका व्यक्ति मलामीहरु रहेको बताइएको छ। प्रहरीले उद्धार कार्य जारी राखेको छ। निरन्तरको वर्षाका कारण उद्धार कार्य प्रभावित भएको बताइएको छ। १५ जनाको उद्धार गरी अस्पताल पठाइएको छ।

प्रकाशित: Jan 03, 2021| 08:32 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।