सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • नाइजेरियाको माली सीमा नजिकै संदिग्ध समूहको आक्रमण, कम्तीमा ७० नागरिकको हत्या

नाइजेरियाको माली सीमा नजिकै संदिग्ध समूहको आक्रमण, कम्तीमा ७० नागरिकको हत्या

अफ्रिकी मुलुक नाइजरको  मालीसँग सीमा जोडिएको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणबाट कम्तिमा ७० नागरिकको मृत्यु भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

कठमाडौं– अफ्रिकी मुलुक नाइजरको  मालीसँग सीमा जोडिएको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणबाट कम्तिमा ७० नागरिकको मृत्यु भएको छ। मालीसँगको सीमा नजिकै रहेको दुई गाउँमा भएको सो आक्रमणमा कम्तिमा ७० नागरिकको मृत्यु भएको द गार्जियनले लेखेको छ।  

एक सुरक्षा अधिकारीकालाई उद्धृत गर्दै  चोम्बागो गाउँमा करिब ४९ जना गाउँलेको हत्या भएको र  १७ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।  

त्यस्तै शनिबार वरिष्ठ सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार अर्को गाउँ जारोमदारेमा करिब ३० जनाको हत्या भएको थियो।

घटनाबारे नाइजर सरकारले कुनै प्रतिक्रिया जनाइ नसकेको पनि संचारमाध्यमले उल्लेख गरेका छन्।   

नाइजर यसअघि पनि अलकायदासँग सम्बन्धित इस्लामिक चरमपन्थी र इस्लामिक स्टेटको निशाना बन्दै आएको छ। चरमपन्थीको आक्रमणमा गत वर्ष माली र बुर्किना फासोसँग जोडिएका सिमानाका गाउँमा सयौँ सर्वसाधारण नागरिकको हत्या गरिएको थियो।  

प्रकाशित: Jan 03, 2021| 02:14 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।