सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुस महिना २९ को मात्रै, दाहाल-नेपाल समूहले '३० गते' विरोध कार्यक्रम गर्ने !

पुस महिना २९ को मात्रै, दाहाल-नेपाल समूहले '३० गते' विरोध कार्यक्रम गर्ने !

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक कदम भन्दै विराेध गर्दै आएकाे उक्त समूहले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। जसमा पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम तय गरिएको छ।

वडा तहदेखि संघीय राजधानीसम्ममा भेला र विराेध प्रदर्शनका कार्यक्रम तय गरिएको छ।

यसरी संघर्षका कार्यक्रम तय गर्दा नेकपाले पुस महिना कति गतेको छ भन्ने भने थाहा नै नपाएको देखिएको छ।

उसले २९ गतेसम्म मात्र रहेको पुस महिनाको ३० गतेका लागिसमेत कार्यक्रम तय गरेको छ। नेकपाले सार्वजनिक गरेको संघर्षको कार्यक्रमअन्तर्गत ३० गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा गरिनेछ।

प्रवक्ता नायरायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको संघर्ष समितिले शनिबार नै बिहान छलफल गरेर दिउँसाे पत्रकार सम्मेलन मार्फत् संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रम तय गर्दा गतेबारे कुनै ख्याल नगरेको पाइएको छ।

याे पनि पढ्नुहाेस्

दाहाल-नेपाल समूहले सार्वजनिक गर्‍यो दोस्रो चरणको संघर्षको कार्यक्रम

प्रकाशित: Jan 02, 2021| 14:12 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।