पर्सा- रगतको अभाव बढ्दै गएपछि वीरगंजमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ।
दीर्घरोगी तथा अकास्मिक रुपमा चाहिने रगतलाई परिपूर्ति गर्न बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीले अकास्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ।
वीरगंजको घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रानी साह, कुशुम कुश्वाहा, रानी कुमारी, प्रताप सिंह ठकुरी, सुरज गुप्ता, सत्यम कर्ण, अरुण कुमार कुश्वाह, लालबाबु कर्ण, लक्ष्मण महतो, सागर थापा, सन्तोष दाहाल, कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव, प्रभात कुमार सिंह, हरिनारायण यादव लगायतले रक्तदान गरेका थिए।
बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघका सदस्य नवनित अग्रवाल, नेबिसंघका पूर्व अध्यक्ष राकेश यादव, पर्सा सभापति विकाश तिवारी, उपाध्यक्ष साबिर हुसेन, ठाकुर राम क्याम्पस ईकाई सभापति मनोज साह, नेपाल रेडक्रस सोसाइटी पर्साकाका राजन श्रीवास्तव लगायतको उपस्थिति थियो।