बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना खोप कार्यक्रममा इजरायल सबैभन्दा अगाडि, १० लाखलाई खोप प्रदान

कोरोना खोप कार्यक्रममा इजरायल सबैभन्दा अगाडि, १० लाखलाई खोप प्रदान

कोरोनाविरुद्धको खोप कार्यक्रममा इजरायल सबै देशभन्दा अगाडि देखिएको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

एजेन्सी- कोरोनाविरुद्धको खोप कार्यक्रममा इजरायल सबै देशभन्दा अगाडि देखिएको छ।

National life

उसले आफ्ने देशका १० लाख नागरिकलाई खोप प्रदान गरिसकेको बीबीसीले जनाएको छ।

यो विश्वका अन्य देशको भन्दा उच्च दर हो। जनसंख्याका हिसाबले इजरायलले प्रति १०० मध्ये झण्डै १२ जनालाई खोप प्रदान गरिसकेको छ।

इजरायलपछि सबैभन्दा धेरै खोप दिने देश बहराइन हो। उसले प्रति १०० जनामा साढे ३ जनालाई खोप प्रदान गरेको छ। यस्तै बेलायतले प्रति १०० जनामा १.४७ व्यक्तिलाई खोप प्रदान गरेको अक्सफोर्ड विश्वविद्यालयको तथ्यांक छ।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म १८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

इजरायलबाहेक बेलायत, अमेरिका, क्यानडा, चीन, डेनमार्कलगायतका देशले आफ्ना नागरिकलाई विभिन्न खोपहरु दिइरहेका छन्।

हाल विश्वका अधिकांश देशमा प्रयोगको अनुमति पाएको खोप बेलायती कम्पनी फाइजर बायोएनटेकको उत्पादन हो।

उक्त खोपलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत आपतकालीन प्रयोगको अनुमति प्रदान गरेको छ।

प्रकाशित: Jan 02, 2021| 12:36 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।