सोमबार, भदौ २२, २०८३

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

बैतडी- बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना भएको प्रहरीले जनाएको छ। स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। रासस

प्रकाशित: Jan 02, 2021| 12:15 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।