सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री साहको गाडीले यसरी दिएको थियो ठक्कर, मन्त्री भन्छन् अतिरञ्जित गरियो (भिडियो)

मन्त्री साहको गाडीले यसरी दिएको थियो ठक्कर, मन्त्री भन्छन् अतिरञ्जित गरियो (भिडियो)

आफू चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएर उद्धार नै नगरी फरार भएको समाचार विभिन्न संचारमाध्यममा आएपछि मन्त्री सहरी विकास मन्त्री प्रभु साहले आपत्ति जनाएका छन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

जनकपुरधाम- आफू चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएर उद्धार नै नगरी फरार भएको समाचार विभिन्न संचार माध्यममा आएपछि सहरी विकास मन्त्री प्रभु साहले आपत्ति जनाएका छन्।

आफू सवार गाडीले पैदल यात्रुलाई ठक्कर दिएर हुइँकिएको सामाचार आएपछि मन्त्री साहले त्यसको खण्डन सामाजिक सञ्जाल मार्फत् गरेका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुकिएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिँडेको सामान्य विषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मलाई बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरञ्जित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ।’

No description available.

प्रहरीले मन्त्रीको गाडीले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरेकोमा प्रहरीले भ्रम फैलाउने काम गरेको मन्त्री साहले आरोप लगाएका छन्। तर हरिवनकै स्थानीय हरिष वाणियाले सीसीटीभी फुटेज सामाजिक सञ्जालमा राखेर मन्त्रीले झुठो बोलेको दाबी गरेका छन्।

भिडियाे

भिडियाे हरिष वाणिया

 

प्रकाशित: Jan 02, 2021| 11:30 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।