जनकपुरधाम- सर्लाहीमा मन्त्री सवार गाडीको ठक्करबाट एक जना पैदल यात्रु घाइते भएका छन्।
सहरी विकासमन्त्री प्रभु साह सवार गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक सन्ताेषसिंह राठौरले जानकारी दिए।
रौतहटबाट महोत्तरीमा कार्यक्रममा सहभागी हुन गएका मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा पैदल यात्री लालबन्दी नगरपालिका वडा नं. ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो।
तामाङकको हरिवनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।
मन्त्रीको गाडी पैदल यात्रीलाई ठक्कर दिएपछि नरोकिई हुइँकिएको स्थानीयले बताएका छन्।