सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजन भयो : पोखरेल

प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजन भयो : पोखरेल

नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोज्दा विभाजन भएको बताएका छन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोज्दा विभाजन भएको बताएका छन्।

उनले दाहालले पार्टी कब्जा गर्नेगरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखिएको टिप्पणी गरे।

मजदूर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले विभाजनको कारक तत्व दाहालसँगै माधव नेपाल पनि भएको दाबी गरे।

दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढंगले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका लागि षड्यन्त्र गरेका कारण पार्टी विभाजन भएको पोखरेलले बताए।

‘प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लंघन गर्दै आउनुभएको हो’, उनले भने, ‘एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो।’

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढंगले जवाफ दिन तयार रहेको चेतवानी दिए। प्रम ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ। 

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढतापूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए। 
 

प्रकाशित: Jan 02, 2021| 09:07 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।