काठमाडौं – नेकपा ओली समूहको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेला सुरु भएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भेला सुरु भएको हो। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलामा ईश्वर पोखरेल, वामदेव गौतम, कृष्णगोपाल श्रेष्ठ सहभागी भइसकेका छन्।
भेलालाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। उनी केही बेरमा भेलामा उपस्थित हुने आयोजकले जनाएको छ।