काठमाडौं– नेकपाको ओली समूहले आज काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलाको आयोजना गर्दैछ।
काठमाडौं जिल्ला कमिटीले आयोजना गर्न लागेको भेलालाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजेदेखि सुरु हुने भेलालाई ओली समूहका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।
नेकपा दाहाल–नेपाल समूहले पनि दिनहँुजसो पार्टी कार्यकर्ता भेला र बैठकको आयोजना गर्दै आइरहेको छ। ५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा राजनीतिक रुपमा विभाजन भएको छ। दुवै समूहले छुट्टा छुट्टै कार्यक्रमहरू गर्दै आइरहेका छन्।