बाँके– खजुरा ७ बाँकेका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित ८८ वर्षीय वृद्धको आज (शनिबार) निधन भएको हो।
अस्पतालका अनुसार उनको आज बिहान करिब सवा तीन बजे मृत्यु भएको हो।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ३० गते अस्पताल भर्ना गरिएको थियो।