शनिबार, असार २७, २०८३

पीएम कपमा फाइनल खेल्ने टिमको टुंगो लाग्दै

प्रधानमन्त्री (पीएम) कप महिला टि–२० क्रिकेट अन्तर्गत आज (शनिबार) सेमिफाइनलका दुई खेल हुँदैछन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं – प्रधानमन्त्री (पीएम) कप महिला टि–२० क्रिकेट अन्तर्गत आज (शनिबार) सेमिफाइनलका दुई खेल हुँदैछन्।

दाङको लमहीमा शनिबार हुने दुई खेलबाट फाइनल पुग्ने दुवै टिमको टुंगो लाग्नेछ।

आज बिहान ९ बजे सुरु हुने पहिलो खेलमा समूह ए को बिजेता एपीएफले समूह बीको उपविजेता सुदूरपश्चिमसँग खेल्नेछ।

बलियो टिम एपीएफ साविक विजेतासमेत हो। तर उसलाई सुदूरपश्चिमविरुद्ध सामना गर्न सहज हुने छैन्।

किनभने राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका डोल्ली भट्ट, कविता जोशीलगायत खेलाडी सुदूरपश्चिमको टिममा उपलब्ध हुनेछन्।

त्यस्तै दिउँसो १ बजे सुरु हुने खेलका समूह बीको विजेता प्रदेश १ ले समूह एको उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ।

राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान रुविना क्षेत्रीले कप्तानी गरिरहेको प्रदेश १ लाई हराउन लुम्बिनीलाई सहज छैन्। लगातारको जितबाट प्रदेश १ ले हौसला पाएको छ।

तर प्रदेश १ लाई हराउँदै लुम्बिनी पनि आफूलाई सावित गर्न चहान्छ। यसकारण आजका दुवै खेल प्रतिस्पर्धात्मक हुनेछन्।

समूह चरणको खेलबाट सतप्रतिशत जित निकाल्दै  सशस्त्र प्रहरीको एपीएफ र प्रदेश १ क्रमशः समूह ए र बीबाट सेमिफाइनल पुगेका थिए।

उपविजेता भएका लुम्बिनी र सुदूरपश्चिम तीनमध्ये १–१ खेलमा पराजित भएका थिए।

आजका विजेता दुवै टिमले भोली ११ बजे सोही मैदानमा हुने खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: Jan 02, 2021| 02:42 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।