शनिबार, असार २७, २०८३

शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको अंक बराबरी

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एस्टोन भिल्लाविरुद्ध २–१ गोलको जित निकाल्दै शीर्षस्थानमा अंक बराबरी गरेको हो।

युनाइटेडको जितका लागि एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेले समान १–१ गोल गरे। खेलको ४० औं मिनेटमा मार्सियलले वान विसाखाको पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा युनाइटेड एक गोलले अघि रहे पनि दोस्रो हाफको ५८ औं मिनेटमा भिल्लाका बेट्रान्ड ट्राओरेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरी लगत्तै घरेलु टिमले पेनाल्टीको अवसर पाएपछि युनाइटेडले पुनः अग्रता बनायो। पेनाल्टीर्फत् गोल गर्दै फर्नान्डेलसले युनाइटेडलाई २–१ गोलको जित दिलाए।

जितसँगै युनाईटेडले १६ खेलबाट ३३ अंक बनाएको छ। समान १६ खेलका साथ शीर्षस्थानमा रहेको लिभरपुलको पनि ३३ अंक नै छ। 
यता भिल्ला २६ अंकका साथ छैटौं स्थानमा छ।

ईपीएलमा गएराति नै सम्पन्न अर्को खेलमा वेस्ट हामसँग एभर्टन पराजित भएको छ। एभर्टनकै मैदानमा वेस्ट हामले घरेलु टिमविरुद्ध १–० गोलको साँघुरो जित निकालेको हो।
 

प्रकाशित: Jan 02, 2021| 01:40 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।