सोमबार, भदौ २२, २०८३

प्रदेश नं १ मा १४४ कोरोना सङ्क्रमित निको भए 

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएका छन्। 
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

विराटनगर -प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएका छन्। 

निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म प्रदशमा निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ।

सोही अवधिमा प्रदेशमा ३०९ जनाको पीसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक एक र प्रदेश बाहिरका दुई जना छन्। 

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म दुई लाख आठ हजार ९११ जनाको पीसीआर परीक्षण गरिएको छ। 

प्रकाशित: Jan 02, 2021| 00:40 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।