सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः चितवन र मकवानपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः चितवन र मकवानपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन्। 
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं - प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन्। 

National life

समूह बी को आज सम्पन्न खेलमा चितवनले ललितपुरलाई एक विकेटले तथा समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ललितपुरले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो। ललितपुरका लागि विवेक थापा मगरले सर्वाधिक ४५ रन बनाए। 

यस्तै विपिन आचार्यले ३५ तथा आदिल खानले २१ रनको योगदान दिए। बलिङतर्फ चितवनका दीपेश श्रेष्ठले ३ विकेट लिए। 

एक सय ९७ रनको लक्ष्य चितवनले ३७ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि प्रतीक श्रेष्ठ र गौतम केसीले ७६ रनको साझेदारी निभाए। 

Laxmi sunrise bank
kumari

श्रेष्ठले अविजित रहँदै सर्वाधिक ५७ रन बनाए। केसीले ५५ रनको योगदान दिए। यस्तै आकाश थापाले ४० रन बनाए। बलिङतर्फ ललितपुरका सुमित झा र विपिन आचार्यले तीन तीन विकेट लिए। 

यसैगरी मुलपानी क्रिकेट मैदानमा आजै भएको समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो। 

मकवानपुरका लागि गौरव खड्काले सर्वाधिक ६० रन बनाए। यस्तै विशाल फुयाँलले ५४ तथा कप्तान रामनरेश गिरीले ४४ रनको योगदान दिए। 

बलिङतर्फ नुवाकोटका अभिराज यादव, साकार रावत र अनुप श्रेष्ठले दुई दुई विकेट लिए। 

दुई सय ६९ रनको लक्ष्य पछ्याएको नुवाकोटले २१ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। नुवाकोटका कप्तान राजेश रिमालले १५ तथा प्रमोद रेग्मीले ११ रन बनाए। 

मकवानपुरका लागि सुवर्ण भट्ट र पियुष शर्माले तीन तीन विकेट लिए। रिजल ढकाल र कप्तान रामनरेश गिरीले दुई दुई विकेट लिए। 

प्रकाशित: Jan 02, 2021| 00:33 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।