सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ दिनपछि बागमतीमा सफा पानी बग्‍ने खानेपानीमन्त्रीकाे दाबी

१५ दिनपछि बागमतीमा सफा पानी बग्‍ने खानेपानीमन्त्रीकाे दाबी

खानेपानी मन्त्री मणि थापाले अबको १५ दिनपछि बागमतीमा सफा पानी बग्ने बताएका छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं- खानेपानी मन्त्री मणि थापाले अबको १५ दिनपछि बागमतीमा सफा पानी बग्ने बताएका छन्।

ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने मन्त्री थापाले बताए। गुहेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा आउने अन्तिम तयारीमा रहेकाले त्यसपछि बागमतीमा फोहोर पानी नबग्ने मन्त्री थापाले जनाएका हुन्।

इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए। 

शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन्। 

उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन्। ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ। 

त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए। ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ। 

कस्तो हुन्छ पानी ?

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमतीको पानीमा सजिलै माछालगायत जलप्राणी बाँच्न सक्नेछन्। 

ढलमा मिसिने ठोस र रसायनिक पदार्थहरु प्रशोधन भएको हुन्छ र त्यसको विषाक्तपनलाई निर्मलीकरण गरिएको हुन्छ।
‘यस्तो पानी बागमतीमा सलल बग्नेछ, खानेपानी सचिव माधव वेलवासेले भने, अहिले नै मान्छेले खानयोग्य हुँदैन तर जलप्राणी बस्न योग्य पानी बागमतीमा चाँडै बगाउन संरचना  तयार भएको छ।’

पानी कञ्चन सङ्लो भने देखिँदैन। ढलमा अत्यधिक रसायनिक पदार्थहरु मिसिएकाले कञ्चन निलो बनाउन भने नसकिएको प्रशोधन केन्द्रका इञ्जिनियर पन्थीले बताए। उनले थोरै मैलो देखिए पनि पानीमा हुनुपर्ने शुद्धता कायम हुने बताए। 
यो आयोजना सन् २०१६ बाट निर्माण शुरु भएको हो। 

नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ। आयोजनाको कुल लागत २ अर्ब ५५ करोड हो।

प्रकाशित: Jan 01, 2021| 14:29 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।