सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति क्षेत्र विकास कोषलाई लोमस फर्मास्युटिकल्सको स्वास्थ्य सामग्री

पशुपति क्षेत्र विकास कोषलाई लोमस फर्मास्युटिकल्सको स्वास्थ्य सामग्री

लोमस फर्मास्युटिकल्स प्रालिले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं- लोमस फर्मास्युटिकल्स प्रालिले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ। 

प्रालिका ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन्। 

कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भिडभाड हुने भएकोले आफूहरुले स्यानिटाइजर प्रदान गरेको पाण्डेले जानकारी दिए।

यसअघि पनि आफूहरुले विभिन्न संघ संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सुरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाइ छ।

उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए। 

कोषका सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रालिलाई धन्यवाद दिएका थिए।

प्रकाशित: Jan 01, 2021| 13:06 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।