सोमबार, भदौ २२, २०८३

विपन्न दलितका लागि २०० घर बनाइँदै 

जनता आवास कार्यक्रमअन्तर्गत पर्साको बहुदरमाई नगरपालिका– २ पिपरामा डोम परिवारका लागि घर निर्माण गरिने भएको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

पर्सा–  सरकारले पर्साको बहुदरमाई नगरपालिका– २ पिपरामा डोम परिवारका लागि घर निर्माण गरिदिने भएको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. २ को जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउन लागिएकाे हाे। 

घर बनाउन प्रत्येक घरधुरी बराबर सरकारले तीन लाख ५० हजार रुपैयाँ उपलब्ध गराएकाे छ। निर्माण हुन लागेका घरको शिलान्यास शुक्रबार प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले गरे। 

प्रदेशसभा सदस्य कुर्मीले पहिलो चरणमा पर्साका दुई सय अति विपन्न दलित परिवारको पक्की घर बनाइने बताए। 

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम,  भिमा यादव , जनता समाजवादी पार्टीका केनन्दीय सदस्य द्वय शिव पटेल, रामचन्द्र पडित, पर्साका सचिव राजेश साह, श्रीरामजी गिरीलगायतको उपस्थिति थियो।

प्रकाशित: Jan 01, 2021| 12:30 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।