सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्कुल बन्द भए पनि विद्यार्थीले पढ्न पाएका छन् : प्रधानमन्त्री

स्कुल बन्द भए पनि विद्यार्थीले पढ्न पाएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विद्यालय खुल्न नसके पनि बालबालिकाले पढ्न पाइरहेको दाबी गरेका छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विद्यालय खुल्न नसके पनि बालबालिकाले पढ्न पाइरहेको दाबी गरेका छन्।

नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले डिजिटल शिक्षाको अवधारणाअनुसार सरकार अघि बढेकाले विद्यार्थीले विषम परिस्थितिमा पनि अनलाइन माध्यमबाट पढ्न पाएको बताए। 

विद्यालय बन्द भए पनि विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुनु नपरेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर स्कुल खोल्न नसकिएको बताए।

देशले प्रविधिमा फड्को मारिसकेको र डिजिटलाइज्ड भइसकेकाले अनलाइन माध्यमबाट कक्षा सञ्चालन सहज भएको उनको भनाइ छ।’

ओलीले भने, ‘जीवन पहिलो कुरा हो, त्यसपछि शिक्षा र स्वतन्त्रता हो। विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले स्कुल खोल्न सकेका छैनौं।’ 

उनले कानुन निर्माण गरे अपराध रोकिन्छ भन्ने बालबालिकाको प्रश्नमा भने, ‘एसिडको प्रहार सामान्य झैझगडा जस्तो भएन र त्यो अत्यन्तै अमानवीय, औषधि गरेर पनि पहिलेजस्तो नहुने जघन्य अपराध भएकाले कडा कानुन निर्माण गर्नुपरेको हो।’ 

उनले समाजमा जागरण ल्याएर, शिक्षामा पनि यस्ता विषयलाई समावेश गरेर र आचरणमा सुधार ल्याएर यसलाई निमूर्ल पार्न सकिने बताए। 

उनले भने, ‘कानुन कडा हुँदैमा मात्र अपराध नियन्त्रण हुँदैन। कडा कानुनले अपराधलाई निरुत्साहित गर्छ। मुख्य कुरा मानिसभित्र मानिस पैदा गर्नुपर्छ।’

प्रकाशित: Jan 01, 2021| 12:10 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।