सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोल्पाका दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार

डोल्पाका दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार

डोल्पाबाट आज (शुक्रबार) दिँउसो दुई जना कोरोना संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

सुर्खेत- डोल्पाबाट आज (शुक्रबार) दिँउसो दुई जना कोरोना संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

संक्रमितको अवस्था जटिल भएपछि उपचारका लागि काठमाडौं हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ।

संक्रमित ठूलोभेरी नगरपालिकाका ६० वर्षीय र ५४ वर्षीय पुरुष हुन्। ६० वर्षीय पुरुष वडाध्यक्ष र ५४ वर्षीय पुरुष शिक्षक हुन्। दुबै जनालाई केही दिन अघिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

डोल्पाका कोरोना फोकलपर्सन ठेकबहादुर गुरुङका अनुसार जिल्लामा भेन्टिलेटर र आईसीयु सेवा नभएपछि संक्रमितलाई काठमाडौं पठाउनु परेको हो।

‘दुबै जनाको अवस्था जटिल थियो, जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ पठाएका छौँ’ गुरुङले भने, ‘अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा छैन, जटिल संक्रमितहरु बाहिरै पठाउनुपर्छ।’

कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा भेन्टिलेटर र आईसीयु उपकरण पुगेका छन् तर अक्सिजन छैन। अक्सिजन प्लान्ट निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ।

डोल्पामा हालसम्म १५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ६ जना कोरोना मुक्त भएका छन्। लामो समय कोरोना मुक्त रहेको डोल्पामा पछिल्लो समय संक्रमितहरु बढ्न थालेका छन्।

प्रकाशित: Jan 01, 2021| 11:41 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।