सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धको खोप ल्याउने जिम्मा निजी क्षेत्रलाई दिँदै छौं : प्रधानमन्त्री 

कोरोनाविरुद्धको खोप ल्याउने जिम्मा निजी क्षेत्रलाई दिँदै छौं : प्रधानमन्त्री 

सरकारले निजी क्षेत्रलाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि अनुमति दिने तयारी गरेको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– सरकारले निजी क्षेत्रलाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि अनुमति दिने तयारी गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै खोप आपूर्तिको अनुमति निजी क्षेत्रलाई दिन लागिएको जानकारी दिएका हुन्। 

प्रधानमन्त्री ओलीले खोप छिटोभन्दा छिटो ल्याई सबैभन्दा पहिले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई दिइने बताए। 

उनले खोप ल्याउन सरकार गम्भीरताका साथ लागेको पनि  बताए। 

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विद्यालय सञ्चालन यथावत् रुपमा गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ। 
कोभिड–१९ विरुद्धको खोप खरिदका लागि तीनवटा ढाँचामा  काम गरिरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्ध खाेप ल्याउन सरकार टु सरकार, सरकार टु कम्पनी र निजी क्षेत्रलाई मान्यता दिने नीतिगत तयारी गरिरहेको छ। 

प्रधानमन्त्री ओलीले कोभ्याक्सबाहेक  खाेप उत्पादक देश, उत्पादक कम्पनीसँग सीधै खरिद गर्न सक्ने विषयमा छलफल भइरहेको जानकारी दिए। 

प्रकाशित: Jan 01, 2021| 11:39 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।