सोमबार, भदौ २२, २०८३

‘दरिद्र नेपाल दुःखी नेपालीको दिशामा छ सरकार’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले केपी ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिँडिरहेको बताएका छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले केपी ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिँडिरहेको बताएका छन्।

राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिनको बैठकमा शुक्रबार धारणा राख्दै उनले नेकपाको सरकारले पार्टीको घोषणापत्र नै भुलेको टिप्पणी गरे।

उनले भने, ‘ओली नेतृत्वको सरकारको नारा छ– समृद्ध नेपाल सुखी नेपाली। तर सरकारको काम हेर्दा दरिद्र नेपाल दुःखी नेपालीको दिशामा गइरहेको छ। कोरोनाकालमा राहत प्याकेज घोषणा हुन सकेन। एमसीसी झुण्डिएको छ, बीआरआई अघि बढेको छैन। अर्थतन्त्र ऋणात्मक हुने अवस्थामा छ। कसरी समृद्ध नेपाल सुखी नेपाली बन्न सक्छ ?’
 

प्रकाशित: Jan 01, 2021| 11:28 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।