सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच सयभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्ला काठमाडौंमात्रै

पाँच सयभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्ला काठमाडौंमात्रै

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ। गत २४ घण्टामा ४२६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्। 

सक्रिय संक्रमितमध्ये काठमाडौंमा मात्रै ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८३९ जना सक्रिय संक्रमित छन्। 

कुनै समयमा दर्जनभन्दा बढी जिल्लामा ५ सयभन्दा धेरै संक्रमित पुगेकोमा हाल काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्या धेरै छ। साथै हाल मुगु र महोत्तरीमा कुनै पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयको तथ्यांक छ। 

त्यस्तै आज थपिएका संक्रमितमध्ये प्रदेश १ मा इलाम, ओखलढुंगा, धनकुटा मा १–१ जना, झापामा १६, मोरङमा १० र सुनसरीमा ६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश २ को बारा र रौतहटमा १–१ जना, पर्सा, सप्तरी र सर्लाहीमा २–२ जना बागमती प्रदेशको काठमाडौंमा १ सय ३४ जना काभ्रे, दोलखा, धादिङ र सिन्धुलीमा १–१ जना, चितवनमा १३, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ८, रसुवामा ११, ललितपुरमा १८ जनामा कोरोना संक्रमित फेला परेका छन्। 

त्यस्तै गण्डकी प्रदेशको म्याग्दी, नवलपरासीमा पूर्व, बागुलङ र अर्घाखाँचीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने लमजुङ र स्यांजामा २–२, जना, कास्कीमा २६, गोरखा र तनहुँमा ३–३ जनामा कोरोना पुष्टि भएको छ। 

लुम्बिनी प्रदेशको प्युठान र रोल्पमा १–१ जना, बर्दिया, गुल्मी र पाल्पामा ४–४ जना, कपिलवस्तुमा ५, नवलपरासीमा ६, रुपन्देहीमा १२, दाङमा १९, र बाँकेमा २३ जनामा कोरोना पाइएको छ। 

कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम र सुर्खेतमा १–१ जना र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरा र दार्चुलामा ४–४ जना, बाजुरामा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित: Jan 01, 2021| 11:06 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।