सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेव गौतमको उपस्थितिले राष्ट्रिय सभाको गरिमा उँचो भएको छ : शर्मा

वामदेव गौतमको उपस्थितिले राष्ट्रिय सभाको गरिमा उँचो भएको छ : शर्मा

राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रवेशले राष्ट्रिय सभाको गरिमा उचो भएको दाबी गरेका छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रवेशले राष्ट्रिय सभाको गरिमा उचो भएको दाबी गरेका छन्।

राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिन बोल्दै शर्माले नेकपा विभाजन हुन नदिन पनि गौतमले भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

‘पार्टी विभाजनको संघारमा छ। प्रतिनिधिसभा पनि छैन। मेरो राजनीतिक इतिहासको ५५ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा नेकपा बन्दा खुसी थिएँ। खुसी नहुने कोही थिएन। नेपाली जनता खुसी भएका कारणले नै खुसी प्रकट निर्वाचनमा भएको थियो। आज पार्टी विभाजनको संघर्षमा आइपुग्दा मेरो मुटु फुटेको अनुभव भएको छ। यति पीडा कहिलै भएको थिएन। विगतका फुटमा यतिको दुःखको अनुभव भएको थिएन। मैले माननीय सदस्यहरुको अनुहार हेरेको छु, मुटु छामेको छु। सबैले पार्टी विभाजन सही हो भन्नुभएको छैन। सबैको अनुहार मलिन छन्,’ शर्माले भने। 

अझै पनि पार्टी एक ठाउँमा आउन सक्ने उनले बताए। उनले भने, ‘त्यस्ता केही समीकरण छन् र रसायन छन् भने त्यो रसायनबाट पार्टीलाई जोड्न प्रयासरत रहौं। राष्ट्रियसभामा पहिलो पटक उपस्थित बामदेव गौतमले विभाजनलाई मन पराउनु भएको छैन र रसायनको काम गर्छु भन्नुभएको छ। उहाँको प्रत्यत्न सफल रहोस्।’ 

नेकपा विभाजन विचार र दर्शनका कारण विभाजित नभएको भन्दै शर्माले भने, ‘हिजो हामी विचार र दर्शनका कारण विभाजित भएका थियौं। जनयुद्धमा जाने कि नजाने भनेर विभाजित भएका थियौं। अघि कसरी बढ्ने भनेर सैद्धान्तिक आधार थिए। त्यसकारण विभाजित भएका थियौं। यो पटकको विभाजित त्यो आधारले होइन। राजनीतिक कारणले हो।’  

राष्ट्र निर्माणका लागि भन्दा पनि दलभित्रको झगडाले लोकतन्त्र कमजोर भएको सांसद शर्माले बताए। उनले भने, ‘जुन देशमा लोकतान्त्रिक पार्टी बलिया हुन्छन्, त्यो देशमा लोकतन्त्रको संस्थागत विकास हुन्छ। जुन ठाउँमा दलहरु कमजोर र विभाजित हुन्छन्, त्यो ठाउँमा लोकतन्त्र कमजोर भएको छ।’    

पार्टीको आन्तरिक अन्तरविरोधका कारण जनप्रतिनिधिको संस्था सहिद हुन पुगेको शर्माको भनाइ थियो। उनले भने, ‘जनप्रतिनिधिको संस्थामा दलीय अन्तरविरोधको असर पर्नु राम्रो होइन। अहिले जे भयो, त्यो राम्रो भएन। राष्ट्रिय राजनीतिका बाछिटा राष्ट्रिय सभामा पनि पर्छ। विचार, अभिव्यक्ति राख्ने सन्दर्भमा पर्छ।’ 

प्रतिनिधसभा नभएको सन्दर्भमा राष्ट्रिय सभाले सरकारलाई सघाउने र खबरदारी पनि गर्ने शर्माले बताए।

प्रकाशित: Jan 01, 2021| 10:55 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।